Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थीहरूद्वारा रक्तदान कार्यक्रम सम्पन्न

त्रि.वि. — पृ.ना.क्या., फागुन २२ — पीएनसी अलम्नाई, पृथ्वीनारायण क्याम्पसद्वारा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पीएनसी अलम्नाई पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थीहरूको एक गैरराजनैतिक संगठन हो ।

रक्तदान कार्यक्रम सो संगठनका सभापति विनोद पराजुलीको अध्यक्षतामा क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेल, बसन्त पराजुली र महेन्द्र आलेका साथै प्राध्यापकहरू डा. यादवप्रसाद गौडेल, डा. ज्ञानबहादुर कार्की, डा. पुष्पराज शर्मा र डा. मीन पुनको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख थापाले रक्तदातालाई रगत जम्मा गर्ने व्याग प्रदान गरी उद्घाटन गरिएको थियो । सो संगठनका सह–सचिव तथा रक्तदान कार्यक्रमका संयोजक उमेश सारू मगर पहिलो रक्तदाता रहनु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले रक्तदान कार्यक्रले यस क्याम्पसमा भएका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई सहयोगको भावना अभिवृद्धि गर्नमा टेवा दिनेछ भन्नुभयो ।

त्यसैगरी पीएनसी अलम्नाईका सभापति पराजुलीले संगठनको पहिलो कार्यक्रम भएको जानकारी दिदै क्याम्पसको भौतिक, शैक्षिक तथा अन्य गतिविधिहरूमा संगठनले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । वहाँका अनुसार सो कायक्रमबाट जम्मा ८८ व्याग रगत संकलन गरिएको जानकारीसमेत दिनुभएको थियो ।

संगठनका सह–सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सारू मगरका अनुसार आगामी कार्यक्रम अर्को महिनाको ३ गते क्याम्पसभित्र रहेको पुस्तकालय वरीपरी सरसफाईका साथै बगैचा बनाउने योजना रहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन सो संगठनका कोषाध्यक्ष अन्जनी गुरूङले गर्नुभएको थियो ।

Published by: Other
Published on 2018-03-06

Download Full Text