Prithvi Narayan Campus, Pokhara, Nepal

पुस्तकालय व्यवस्थापनसम्बन्धी एकहप्ते तालिम सुरू

त्रि.वि.– पृ.ना.क्या., फागुन २ – पृथ्वीनारायण क्याम्पसमा “पुस्तकालय व्यवस्थापनसम्बन्धी एकहप्ते तालिम” सुरू भएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाको सभापतित्व र जिल्ला प्रशासन अधिकृत नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । तालिम पृथ्वीनारायण क्याम्पस र नेपाल राष्ट्रिय पुस्तकालय, काठमाण्डौंको संयुक्त आयोजनामा भएको हो । विशेष अतिथिका रूपमा यस क्षेत्रका जनप्रतिनिधिहरू वडा नं. १ का अध्यक्ष शारदा पराजुली र वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीको उपस्थिति रहेको थियो । 

तालिमका लागि पुस्तकालय विज्ञहरू नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्र मैनाली, अधिकृत बसन्तराज पन्त र अन्जु शाक्यका साथै पश्चिमाञ्चल क्षेत्रिय पुस्तकालय, पोखराका प्रमुख किशोर सुवेदी हुनुहुन्छ ।

तालिममा प्रदेश नं. ४ अन्तर्गतका सामुदायिक पुस्तकालय र सरकारी विद्यालय तथा क्याम्पसका लाइव्रेरियनहरूको सहभागीता रहेको छ ।

कार्यक्रमको सञ्चालन पुस्तकालय प्रमुख किशोर सुवदीले गर्नुभएको थियो ।

Published by: Library
Published on 2018-02-15

Download Full Text