Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बि.एड. को अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ एक वर्षे बि.एड. तहको अध्यापन अभ्यास कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले निम्नानुसार आवेदन फारम भरी बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ ।

Ø  दरखास्त ाराम भर्ने अवधि: मिति २०७४।०७।१२ देखि २०७४।०७।३० गतेसम्म ।

Ø  सम्पर्क मिति : २०७४।०८।०५ गते

प्रक्रिया र आवश्यक कागजपत्रहरु:

१. सबै सैद्धान्तिक विषयहरु उत्तीर्ण गरेको मार्कसिटको प्रतिलिपि

२. नियमित विद्यार्थीका लागि भर्ना रसिदको प्रतिलिपि र आंशिक विद्यार्थीहरुका लागि रु.१,०००।– बुझाएको रसिद

३. अन्तिम वर्षको परीक्षामा समावेश भएको प्रवेश पत्रको प्रतिलिपि

४. पासपोर्ट साइजको एक प्रति फोटो ।

 

थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिनेछ ।

 

 

...................................

(यादवराज अधिकारी)

प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2017-10-29

Download Full Text