Prithvi Narayan Campus, Pokhara, Nepal

स्व.वि.यु. निर्वाचन सम्बन्धी जरूरी सूचना !

यस क्याम्पस अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही मिति २०७३।११।२५ मा तोकिएकोमा मिति २०७३।११।२३ मा क्याम्पस प्रशासन, निर्वाचन समिति र यस क्याम्पस अन्तर्गतका विद्यार्थी संगठनहरुबिच संयुक्त बैठक राखिएकोमा अखिल (क्रान्तिकारी) …प्रचण्ड,, अखिल (क्रान्तिकारी) …विप्लव,, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (छैठौँ), समाजवादी विद्यार्थी फोरम, प्रगतिशील विद्यार्थी युनियन लगायतका संंगठनहरुले  यथास्थितिमा निर्वाचनमा भाग नलिने, तर अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियन लगायतका संगठनहरुले भाग लिने प्रतिबद्धता व्यक्त गरेकाले बिद्यार्थी संगठनहरुको मत फरक हुन गएको सन्दर्भमा क्याम्पस प्रमुखले कार्यतालिका परिवर्तन गरी निर्वाचन गर्न त्रि.वि. केन्द्रीय कार्यालयकै निर्देशन आवश्यक पर्ने हुँदा आज फागुन २४ गते साँझ ७:३० बजेसम्म पनि त्रि.वि. केन्द्रीय कार्यालयबाट निर्देशन प्राप्त नभएकाले  उक्त कार्यालयबाट परिपत्र तथा सूचना प्राप्त भएअनुसार मात्र गर्ने गरी निर्णय गरिएको ब्यहोरा सूचित गरिन्छ ।

 

 

.....................................

(प्रा.डा. देवेन्द्रबहादुर लामिछाने)

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-03-07

Download Full Text