Prithvi Narayan Campus, Pokhara, Nepal

बि.बि.ए. कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण

त्रि.वि.–पृ.ना.क्या., फागुन ३ — व्यवस्थापन संकायअन्तर्गत बि.बि.ए. कार्यक्रममा भर्ना भएका २०७३ सत्रका नयाँ विद्यार्थीहरुका लागि मिति २०७३ कार्तिक २४ गतेका दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

सो अवसरमा क्याम्पस प्रशासनका तर्फबाट सहायक क्याम्पस प्रमुख बीरबहादुर कार्की र बि.बि.ए. कार्यक्रम निर्देशक धु्रब कुमार बुढाथोकीले स्वागत गर्नुभयो ।

सहायक क्याम्पस प्रमुख कार्कीले बि.बि.ए. कार्यक्रमको पाठ्यक्रमबारेमा बोल्नुभएको थियो । सेमेस्टर प्रणालीमा पठनपाठन गर्ने विविध पद्धतिका बारेमा संक्षिप्त जानकारी दिनुभयो । साथै परिक्षा प्रणाली र मूल्यांकनका बारेमा पनि बोल्नुभएको थियो ।

सोही कार्यक्रममा बि.बि.ए. कार्यक्रम निर्देशक बुढाथोकीले विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन, आचारसंहिता, क्याम्पसको नीति नियम, विद्यार्थीको पोशाक इत्यादिका बारेमा बोल्नुभएको थियो ।

बि.बि.ए. कार्यक्रमको नयाँ सत्रको पठनपाठन २०७३ कार्तिक २७ गतेबाट शुरु भएको थियो ।

Published by: Faculty of Mgmt
Published on 2017-02-14

Download Full Text