Prithvi Narayan Campus, Pokhara, Nepal

५ वर्षे बि.ए.एलएल.बी. मा भर्ना आवेदन सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, कानून संकाय, डीनको कार्यालयबाट सञ्चालित ५ वर्षे बि.ए.एलएल.बी. कार्यक्रमको सेमेष्टर प्रणालीमा भर्नाका लागि मिति २०७३ मंसिर ११ गते लिईएको प्रवेश परीक्षामा उत्तिर्ण गरेका इच्छुक विद्यार्थीहरुले यस पृथ्वीनारायण क्याम्पस, पोखरामा भर्ना हुनको लागि यहि मिति २०७३ पौष ५ गतेभित्र आवेदन पेश गर्नको लागि यो र्सचना प्रकाशित गरिएको छ । सो मिति भित्र प्राप्त आवेदनको आधारमा विद्यार्थीहरुको योग्यताक्रम अनुसार भर्ना लिईने ब्यहोरा समेत सूचित गरिन्छ । आवेदन फारामको लागि रु.२००।– लेखा शाखामा बुझाएको रसिद पेश गर्नुपर्ने ब्यहोरा जानकारी गराईन्छ ।

 

........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

क्याम्पस प्रमुख

Published by: BA.LL.B Programme
Published on 2016-12-16

Download Full Text