Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७३ मंसिर १२ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७३ सालमा संचालन हुने परीक्षाको लागि २०७२ साल श्रावणमा भर्ना भै २०७३ साल बैशाख—जेष्ठ महिनामा स्नातकोत्तर तह प्रथम वर्ष पहिलो पटक परीक्षा दिएका मानविकी र शिक्षाशास्त्र संकाय तर्फका विद्यार्थीहरुले द्वितीय वर्षको पहिलो पटक परीक्षा दिन यहि मिति २०७३ पौष ७ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

परीक्षा शुल्क

क. परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ८१५।—

ख. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १७५।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु ३७५।—

ग. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु ३२५।—

. शिक्षण अभ्यास शुल्क रु ३००।—

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-11-27

Download Full Text