Prithvi Narayan Campus, Pokhara, Nepal

शिक्षा विभागद्वारा योग तथा ध्यान शिविरको आयोजना

त्रि.वि.–पृ.ना.क्या., कार्तिक ३ — पृथ्वीनारायण क्याम्पसअन्तर्गत शिक्षा विभागले हालै एक दिने योग तथा ध्यान शिविरको आयोजना गरिएको थियो ।
सो शिविर आचार्य व्यास र आचार्य कुमुदद्वारा सञ्चालन गरिएको थियो भने शिक्षा विभागका शिक्षकहरु सो शिविरमा सहभागी हुनुहुन्थ्यो ।
शिविर ओशोधरा ध्यान केन्द्र, पार्दीमा भएको थियो र शिविर बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको थियो ।
विभागीय प्रमुख खिमराज सुवेदीका अनुसार यो शिविर तनावमुक्त स्वस्थ जीवन जिउनका लागी र शिक्षकहरुको शारीरिक क्रियाकलापमा सुधार ल्याई क्याम्पसको पठनपाठन कार्यमा सहयोगी हुनेछ । साथै वहाँले शिक्षकहरुको पेशागत विकासमा समेत यो शिविर सार्थक हुनेछ भन्ने विचार व्यक्त गर्नुभयो ।

Published by: Dept of Education
Published on 2016-11-18

Download Full Text