Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc. CSIT को नयाँ भर्ना सम्बन्धी सूचना

विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सञ्चालित चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT)  विषयको मिति २०७३-०६-१२ गते सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा मिति २०७३-०७-१२ शुक्रबारका दिन प्रकाशित भएकोले उक्त परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई यस क्याम्पसमा भर्ना हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
भर्ना शुरु हुने मिति - २०७३ कार्तिक १३ गते शनिबार देखि ।
भर्ना हुने समय - बिहान ०७.०० बजेदेखि बेलुकी ०४.०० बजेसम्म ।

पुनश्च  -
१)    मिति २०७३ कार्तिक १३, १४ र १५ गते भर्ना खुल्ला गरिने र २०७३ कार्तिक १८ गते देखि भर्ना पुनः सुचारु हुने व्यहोरा जानकारी गराइन्छ ।
२)    प्रवेश परीक्षाको नतिजा यस क्याम्पसको वेभसाइट www.pncampus.edu.np मा हेर्न सकिने छ । तल दिइएको Download Full Text मा प्रवेश परीक्षाको नतिजा हेर्न सकिने छ ।

नन्दलाल अधिकारी
नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-10-28

Download Full Text