बि.बि.ए. भर्नाको Merit List प्रकाशन गरिएको सूचना !
यस क्याम्पसको व्यवस्थापन संकायतर्फ सञ्चालित बि.बि.ए कार्यक्रम २०७३/०७४ को भर्नाको लागि डीनको कार्यालयबाट मिति २०७३ असोज ८ मा लिइएको CMAT को लिखित परीक्षा, शैक्षिक प्रमाणपत्रको औषत प्रतिशत र मिति २०७३ असोज १६ गतेका दिन लिइएको अन्तर्वार्ताका आधारमा निम्न लिखित विद्यार्थीहरुलाई छनौट गरिएको छ । छनौट भएका विद्यार्थीहरुलाई मिति २०७३ असोज १९ गते ४ बजेसम्म भर्ना हुन सूचित गरिन्छ । उक्त अवधिभित्र भर्ना हुन बाँकी रहेका सिटमा क्रमश: प्रतिक्षा सूचि (Waiting List) बाट भर्ना कोटा पूरा गरिनेछ ।
पुनश्च: त्रि.वि. डिनको कार्यालयको निर्देशन बमोजिम छात्रवृत्तिमा छनौट भएका विद्यार्थीलाई समेत २०७३ असोज १९ गते ४ बजेभित्र भर्ना हुन सूचित गरिन्छ । उक्त अवधिमा छात्रवृत्ति प्राप्त विद्यार्थी भर्ना नभएमा Paying List बाट भर्ना कोटा पूरा गरिनेछ ।
................................................
(प्रा.डा. देवेन्द्रबहादुर लामिछाने)
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2016-10-03
Download Full Text