Prithvi Narayan Campus, Pokhara, Nepal

कानून विषयमा अन्तरकृया सम्पन्न

त्रिवि–पृ.ना.क्या., भाद्र ५ — समसामयिक सामाजिक महन्वका विषयमा शैक्षिक बहस चलाउदै आइरहेको Opinion's Desk को नवौं संस्करण पृथ्वीनारायण क्याम्पस, पोखरामा आज सम्पन्न भएको छ ।

पृथ्वीनारायण क्याम्पस कानुन संकायअन्तर्गत BALLB का विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । “कानुन किन?” भन्ने विषयमा केन्द्रित उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको आ–आफ्नो तर्क प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा Opinion's Desk का संयोजक तथा अधिवक्ता वीरबल घतानेले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । BALLB मा अध्ययनरत प्रदीप अधिकारीले “कानुन किन?” भन्ने विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कानुन संकाय प्रमुख तथा सह–प्राध्यापक एवं अधिवक्ता हरि प्रसाद सुवेदीले नेपालको समग्र कानुनी शिक्षाको इतिहाँस र महन्वको बारेमा बोल्नुभएको थियो ।

BALLB मा अध्ययनरत गोविन्द आचार्य सभापति र मिलन सुवेदी सहजकर्ता रहेको उक्त कार्यक्रमका अन्य वक्ताहरुमा सूर्यमोहन आचार्य, इन्द्रप्रसाद भुषाल, सुरेन्द्र अधिकारी र समीर थापा हुनुहुन्थ्यो ।

Published by: BA.LL.B Programme
Published on 2016-08-22

Download Full Text