Prithvi Narayan Campus, Pokhara, Nepal

त्रिवि प्राध्यापक संघको ५४औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइयो

त्रिवि–पृ.ना.क्या., श्रावण २८ — त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्थापनाको ५४ औँ वर्ष पूरा भएको अवसरमा त्रिवि प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस एकाइले २०७३ श्रावण २८ गते विविध कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा ३२ वर्ष त्रिविमा रहि सेवा गर्नुहुने १८ जना प्राध्यापकहरु र हालै विद्यावारिधिको उपाधि हासिल गर्नुहुने ४ जना प्राध्यापकहरुलाई सम्मान गरिएको थियो भने त्रिवि सेवाबाट हालै अवकासप्राप्त ८ जना प्राध्यापकहरुलाई विदाई गरिएको थियो ।  

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय समितिका कोषाध्यक्ष ईन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा र त्रिवि प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस एकाइका सभापति प्रा.डा. वेदनाथ शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेको विशेष उपस्थिति थियो ।

कार्यक्रममा मन्तव्य राख्नुहुने वक्ताहरुले सम्मानित हुनुहुने प्राध्यापकहरुलाई शुभकामना र बढाई दिनुभएको थियो भने अवकासप्राप्त प्राध्यापकहरुलाई सु–स्वास्थ्य र दीर्घायुको कामना गरिएको थियो ।

सोही कार्यक्रममा त्रिवि प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस एकाइद्वारा वार्षिक रुपमा प्रकाशित गरिने प्राज्ञमञ्च जर्नलको वर्ष २९, अंक १४ साल २०७३को लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन त्रिवि प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस एकाइका सचीव उपेन्द्र पौडेलले गर्नुभएको थियो ।

Published by: TUTA PNC Unit
Published on 2016-08-13

Download Full Text