चमेना गृह ठेक्काबाट सञ्चालन गर्ने बारेको सूचना !
यस क्याम्पसको चमेना गृह ठेक्काबाट संचालन गर्नका लागि मिति २०७३।२।२९ मा प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका कोटेशनहरु मध्ये केहि कोटेशनहरु कागजात अपूग भई प्राप्त भएकाले पुन: यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक रजिष्ट्रर्ड फर्महरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र गोप्य दरखास्त दिनुहुन जानकारी गराईन्छ ।
१. दरखास्त फारम रु.५००/– (पछि फिर्ता नहुने) तिरी क्याम्पसबाट प्राप्त गर्न सकिने छ ।
२. धरौटी वापत रु.१०,०००।— नेपाल बैङ्क लिमिटेड, बगर शाखा, पोखराको च. हि. नं. ६७ मा जम्मा गर्नुपर्ने छ ।
३. गोप्य कोटेशन पेश गर्दा फर्म दर्ता (पान दर्ता) प्रमाणपत्र, अनुभव भए त्यसको प्रमाण पत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र रकम जम्मा गरेको सक्कल भौचर संलग्न गरि गोप्य खामबन्दी गरि पेश गर्नुपर्ने छ ।
४. रितनपुग र म्याद नाघि आएका दर्खास्त उपर कुनै कार्यवाही गरिने छैन ।
५. म्यादभित्र प्राप्त हुन आएका दर्खास्तहरु अन्तिम मितिको भोलिपल्ट खोलिने छ ।
६. चमेनागृह संचालन गर्नका लागि इजाजत प्राप्त फर्मले धरौटी वापत रु.१०,०००/– थप गरि रु.२०,०००/– धरौटी वापत राख्नुपर्ने छ ।
७. प्राप्त हुन आएका फर्महरुलाई चमेना गृह संचालन गर्न दिने वा नदिने सम्पूर्ण अधिकार क्याम्पसमा नै निहित रहने छ ।
विस्तृत जानकारीको लागि क्याम्पस खुलेको समयमा सम्पर्क राख्न सकिने छ ।
...................................
प्रा.डा.देवेन्द्र बहादुर लामिछाने
क्याम्पस प्रमुख
Published by: Other
Published on 2016-07-03
Download Full Text