Prithvi Narayan Campus, Pokhara, Nepal

क्याम्पसको डाटावेस सिस्टम तयार गर्नेबारे सिलबन्दी कोटेशनको अन्तिम नतिजा संबन्धी जरुरी सूचना !

त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस, पोखराको “वेबमा आधारित डाटाबेस सिस्टम” तयार गर्नेबारे प्रथम पटक प्रकाशित मिति २०७३।०१।२१ ले ७ दिनभित्र यस कार्यालयमा प्राप्त हुने गरी निवेदन र सिलबन्दी कोटेशन बुझाउने र सिलबन्दी कोटेशन को छनोटको अन्तिम नतिजा प्रथम सिलबन्दी कोटेशन आब्हानको दशौं दिन अर्थात् मिति २०७३।०१।३०मा गरिने भनिएकोमा विशेष कारणवश सिलबन्दी कोटेशन को छनोटको अन्तिम नतिजा प्रथम सिलबन्दी कोटेशन आब्हानको दशौं दिनमा नगरी चौधौं दिन अर्थात् मिति २०७३।०२।०३ गते सोमवार साँझ ५ बजे प्रथम पटक प्रकाशित मिति २०७३।०१।२१ ले ७ दिनभित्र बुझाइएका सिलबन्दी कोटेशनहरुका आधारमा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी सूचित गरिन्छ । सो नतिजाको जानकारी क्याम्पसको वेवसाइटमार्फत दिइनेछ । 

सिलबन्दी कोटेशन को छनोटको अन्तिम नतिजा प्रकाशनको तालिकामा पर्न गएको हेरफेरका लागी हामी क्षमाप्रार्थी छौं । 

 

डा. मीन पुन                                                                                                                                                 QAA अधिकृत

Published by: Administration
Published on 2016-05-11

Download Full Text