Prithvi Narayan Campus, Pokhara, Nepal

साइन्सका नवआगन्तुक विद्यार्थीहरुको भव्य स्वागत

त्रि.वि.–पृ.ना.क्या., माघ २४ – विज्ञान तथा प्रविधि अध्ययन संस्थानका दोश्रो तथा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले साइन्स विषयमा भौतिक शास्त्र, जीव शास्त्र र माइक्रोबायोलोजी समुहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको आज एक समारोह आयोजना गरी भव्य स्वागत गरिएको छ ।


सो संस्थानका जीवशास्त्र समुह प्रथम वर्षका विकास अधिकारीको अध्यक्ष्यतामा सम्पन्न उक्त स्वागत समारोहमा विविध कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । नाँचगान र नाटक मञ्चनका साथै विभिन्न व्यक्तित्वहरुबाट मन्तव्य समेत व्यक्त गरिएको थियो ।


स्वागत समारोहमा विज्ञान विषयका करीब ३०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । साथै सहभागीहरू विज्ञान अध्ययन संस्थानका सबै विभाग र तह समुह (भौतिक शास्त्र, वायोलोजी र माईक्रोवायोलोजी) का विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रमको सञ्चालन दोश्रो तथा तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु विनिता नेपाली, ध्रुब क्षेत्री, अश्रुलता, तारा बस्याल, प्रभात अधिकारी, कविता गौतमलगायतले पालैपालो गरी गरेका थिए ।


यो शैक्षिक सत्रमा साइन्स विषयका भौतिक शास्त्र, जीव शास्त्र र माइक्रोबायोलोजी समुह सहित करीब ५०० नवआगन्तुक विद्यार्थीहरु यस अध्ययन संस्थानमा अध्ययनरत छन् ।

Published by: Institute of Sc. & Tech
Published on 2016-02-07

Download Full Text