Prithvi Narayan Campus, Pokhara, Nepal

सौर्य ऊर्जा जडान सम्बन्धी शिलबन्दी बोलपत्रको सूचना !

यस क्याम्पसको प्रशासकीय भवनमा करीव २० वटा कम्प्युटर, ५ वटा लेजर प्रिन्टर र २० वटा वल्व एकै साथ प्रयोग गर्न सकिने क्षमताको सोलार ऊर्जा जडान गर्न पर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ । मुल्य अभिवृद्धि करमा दर्ता भएका इजाजत प्राप्त रजिष्ट्रर्ड संस्थाहरुले पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र वोलपत्र दिनुहुन जानकारी गराईन्छ । बोलपत्र फाराम रु.५००।—(पछि फितर्ा नहुने) तिरी क्याम्पसबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र फाराम बुझाउँदा कवुल गरेको कुल अंकको २.५ प्रतिशतले हुन आउने रकम ने.बै.लि., बगर शाखामा रहेको च.हि.नं. ६७ मा जम्मा गरेको सक्कल भौचर संलग्न राखी शिलबन्दी गरी खाम बाहिर "सोलार उर्जा खरीद सम्बन्धी बोलपत्र” भनी उल्लेख गरी बुझाउनु पर्नेछ । साथै बोलपत्र फर्म दर्ता (कर कार्यालयमा दर्ता) भएको तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि लगायत भ्याट सहितको दररेट उल्लेख गरी पेश गर्नुपर्नेछ।

केरमेट, रित नपुगेको र म्याद नाघी आएका बोलपत्र उपर कुनै कार्यवाही हुने छैन । तोकिएको म्यादभित्र प्राप्त हुन आएका बोलपत्रहरुको अन्तिम मितिको भोलिपल्ट दिनको १.०० बजे बोलपत्र दाता वा निजको प्रतिनिधिको रोवहरमा क्याम्पसमा खोलिनेछ । उक्त दिन विदा परेमा त्यसको भोलिपल्ट सोही समयमा खोलिनेछ । बोलपत्र खोल्दा बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि तोकिएको समयमा बोलपत्र खोलिनेछ । यसरी प्राप्त हुन आएका बोलपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार क्याम्पसमा नै निहित रहनेछ । अन्य विस्तृत जानकारीका लागि क्याम्पस खुलेको समयमा सम्पर्क राख्न सूचित गरिन्छ ।

 

      क्याम्पस प्रमुख

पृथ्वीनारायण क्याम्पस, पोखरा ।

Published by: Administration
Published on 2016-01-06

Download Full Text