Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्षको नयाँ भर्ना सम्वन्धी सूचना !

यस क्याम्पस अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन, शिक्षाशास्त्र र कानून संकायको कार्यक्रममा शैक्षिक वर्ष २०७२/०७३ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

१. आवेदन फाराम वितरण तथा भर्ना शुरु हुने मिति  :— २०७२ कार्तिक १६ गते देखि ।

२. भर्ना हुने अन्तिम मिति :— २०७२ मंसिर ६ गते सम्म ।

३. कक्षा संचालन सुरु :— २०७२ मंसिर १५ गते देखि ।

४. कक्षा संचालन समाप्त हुने मिति :— २०७३ असार मसान्तसम्म ।

५. परीक्षा फाराम भराउने मिति :— २०७३ बैशाख १५ देखि जेठ १३ गते सम्म ।

६. परीक्षा संचालन मिति :— २०७३ श्रावण महिना ।

७. त्रि.वि.दतर्ा फाराम २०७२ माघ १५ गतेसम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा  

   बुझाउनुपनर्े छ ।

पुनश्च:

आवेदन दिँदा फारामसँगै निम्नानुसारको कागजातहरु पेश गर्नुपर्नेछ ।

 

१. एस.एल.सी.को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

२. प्रमाणपत्र तह वा +२ को ट्रान्सक्रिप्ट,माइग्रेशन,प्रोभिजनल र चारित्रिक प्रमाणपत्रको

   प्रमाणित प्रतिलिपी ।

३. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फाराम लिन सकिनेछ ।

 

...........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2015-11-02

Download Full Text