Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसको ५६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., भाद्र १७ – त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस ५५औं वर्ष पूरा गरी ५६औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रम मिति २०७२ भाद्र १७ गते विहीवारका दिन विविध कार्यक्रमसहित क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेको अध्यक्षतामा र पूर्व क्याम्पस प्रमुख जोर्ज जोनको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो ।
 
त्रि.वि.को झण्डा र राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरी शुरू गरिएको उक्त कार्यक्रम प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
 
सो कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू र पूर्व क्याम्पस प्रमुखहरूलाई विशेष आमन्त्रित गरिएको थियो । आमन्त्रित पूर्व क्याम्पस प्रमुखहरू महेन्द्रसिंह थापा, बलविरस्रिंह नेगी, गणेश बहादुर गुरूङ्ग, डा. नारायणदत्त नेपाल, प्रा.डा. वीरेन्द्रसिंह गुरूङ्ग, प्रा.डा. दिल बहादुर क्षेत्री, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, गेहेन्द्रेश्वर कोइराला र रामनाथ अधिकारीको उपस्थिति थियो ।

यसै अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । दीर्घसेवा सम्मानबाट सम्मानित प्राध्यापक तथा कर्मचारीहरूमा प्रा.डा. अक्कलदेव मिश्र, सह–प्रा.डा. कुसुमाकर न्यौपाने, उप–प्रा. जनपुकार मुननकर्मी र कार्यालय सहायक श्रीराम आचार्य थिए । सम्मानित हुनेहरूमा क्याम्पसका २२ जना प्राध्यापक तथा कर्मचारीहरू पनि थिए ।

त्यसै गरी कार्यक्रममा “शेर बहादुर–पूर्ण कुमारी छात्रवृत्ति” र “मुक्तिध्वज–सूर्य कुमारी जोशी छात्रवृत्ति” द्वारा विभिन्न संकायका विद्यार्थीहरूलाई उक्त वृत्ति प्रदान समेत गरिएको थियो ।

वार्षिकोत्सवका उपलक्ष्यमा प्राध्यापक, कर्मचारी, विद्य

Published by: Administration
Published on 2015-09-03

Download Full Text